जंगली जनावरले बाली नष्ट गर्यो

डोटी जिल्लाको पूर्वीचौकी र सायल गाउँपालिकाका बिभिन्न स्थानहरुमा जंगली जनावरहरुले अन्न बाली खाएर नोक्सान गरेको छ । धान, कोदो, भटमास लगायतका बाली भित्राउने समयमा बदेल, बादर लगायतका जनावरहरुले नोक्सान गरेको छ । खप्तड राष्ट्रिय निकुञ्ज सँगै जोडिएका क्षेत्रमा जंगली जनावरले नोक्सान गर्ने गरेको छ । बाली भित्राउने समयमा जनावरले नोक्सान गर्दा भोकमरी हुने चिन्ताले सताउन थालेको डोटीको पूर्वीचौकी गाउँपालिका २ बग्लेगका स्थानीयले बताएका छन् ।
खेतगडामा रातभरी जाग्राम बस्दा पनि जंगली जनावरले धानबाली, कोदो खाएर सखाप पारेको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का किसान नर बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो,ू रातभरि खेतबारीमा जाग्राम बस्दा पनि बचाउन सकिएन, ६ पाथी खेतमा पराल समेत छैन् । साथै उहाँका अनुसार प्रायः आजभोलि गाउँघरमा खेतीयोग्य जमिन बाँझो रहेकाले जंगली जनावर खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा प्रवेश गरेर खेतीपातीमा ठूलो क्षति र्पुयाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ू गाउँमा खेतगडा बाँझा छन्, सबै गाउँमा बस्ने भारत पलाएन भएका छन्, कोहि तराइ बसाइँ गरेर उतैबसे खेतीयोग्य जमिन घारी बनेर जंगली जनावरको बास स्थान भयो, त्यो कारणले पनि हो किसानले खेतीपातीमा यो सास्ती भोग्नु परेको बताउनुभयो ।
साथै गाउँघरमा आजभोलि दिनदाहदै बच्चालाई आक्रमण गर्ने गरेको किसान थापाले बताउनुभयो । थापाले भन्नुभयो,ू बच्चालाई घरमा राखेर काम गर्न जान पनि डर छ, काम गर्न नजाउ खानलाई काम गर्नै पर्यो जंगली जनावरले ठूलो सास्ती दिएको छ । उहाँका अनुसार राष्ट्रिय निकुञ्जले जंगली जनावर गरेको क्षतिपूर्ति दिनुको सट्टा राहत स्वरूप ५ हजारसम्म उपलब्ध गराएपनि वर्षभरि खान नपुग्ने किसान नरबहादुर थापाको पिरलो छ । त्यस्तै गाउँपालिकाको वडा नम्बर १ क्षेप्लाडिमा पनि बँदेल र बादरले उधुम मच्चाएको स्थानीय रमेश खड्काले बताउनुभएको । वडा नम्बर २ का स्थानीय बाख्रा पालक हिरा सिं ठकुल्लाका अनुसार खप्तड राष्ट्रिय निकुञ्जबाट चितुवा वर्तमान समयमा गाउँको आसपासमा बासस्थान बनाएकाले दिनकै गाउँमा ३र४ बाख्रा मार्ने गरेको बताए । बाख्रा पालक किसान ठकुल्ला भन्नुहुन्छ, लाखौं खर्च गरेर बाख्रामा लगानी लगाएको छ तर चितुवाले एकै दिन सखाप पार्दिन्छ, मान्छे देखे पनि चितुवाले टेर्दैनन् ।

किसानहरूका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा भएका जंगली जनावर गाउँमा फिजिएर सास्ती दिने गरेको बताएका छन् ।
खप्तड राष्ट्रिय निकुञ्जका सरोजमणी पौडेलकाअनुसार निकुञ्जको आसपासका बस्तिमा जंगली जनावरले क्षति गरे बाफत निर्देशिका बमोजिम ५ हजार देखि १० हजारसम्म वर्षमा २ पटक दिने गरेको बताउनुभयो । उहाँकाअनुसार निकुञ्ज क्षेत्रमाको आसपासमा पछिल्लो समयमा अलि बढि नै जंगली जनावरले किसानको खेतीपाती र पशुमा क्षति पर्याउने गरेको बताउनुभयो ।

Loading...