बाह्ै महिना टमाटर उत्पादन

डिलबहादुर सिंह
डोटी । डोटीको जोरायल गाउँपालिका —१ घोरडीका टिका सिंह मल्ल बर्षभरी नै टमाटर उत्पादन गरेर बिक्रि गर्दै आउनु भएको छ । ६८ बर्षीया मल्लले अलग अलग प्लाष्टिक घर भित्र फरक फरक फरक समयमा उत्पादन हुने गरी टमाटर खेती गर्दै आउनु भएको छ । बिगत २० बर्ष देखि गाउँमै तरकारी खेती गर्दै आउनु भएका मल्लले मौसम अनुसारको मात्र तरकारी खेती गर्दै आउनु भएको थियो । आलु, मुला, काक्रा, रायो, टमाटर लगायत अन्नवाली पनि उत्पादन गर्दै आउनु भएको थियो । तरकारी उत्पादन नहुने मौसममा जमिन बाझै राख्नु पथ्र्यो । बारीमा उत्पादन हुने अन्य बालीसँगै मौसम अनुसारको टमाटर उत्पादन गर्ने र टमाटर बिक्रिबाट भएको आम्दानीले सामान्य घर खर्च चल्दै आएको थियो ।
केही बर्ष अघि सम्म उहाँलाई बेमौसममा पनि अथवा १२ महिना नै टमाटर उत्पादन गर्न सकिन्छ भन्ने कुराको जानकारी समेत थिएन ।
हाल टिका सिंह मल्ल ग्रेप परियोजनासँग जोडिनु भएको छ । ग्रेप परियोजनासँग जोडिए सँगै मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी प्राविधीक सहयोग, तालिम र आवश्यक सामाग्रीहरु प्राप्त गर्नु भएको छ । थोपा सिचाई प्रविधीको लागी ड्रम, पाईप तरकारी उत्पादनका लागी प्लाष्टिक घर र बिउ बिजन सहयोग गरिएको छ । साथै कृषि ज्ञान केन्द्र डोटीले समेत प्राविधिक र समाग्री सहयोग गर्दै आएको छ ।
टिका सिंह मल्लको घर धनगढी डडेल्धुरा भिमदत्त राजमार्गसँगै जोडिएको छ । घर पछाडीको पाँच रोपनी जती जमिनमा तिनवटा प्लाष्टिक घरहरु निर्माण गरिएका छन् । एउटा प्लाष्टिक घरमा भरखरै टमाटरको बिउँ रोपिएको छ । दोस्रो मा एक महिना अघी रोपिएको टमाटर हलक्क बढेको छ । अर्कोमा टमाटमर फलिरहेको छ । क्रममा रहेको छ । यो बर्ष यो भन्दा अगाढी करिव ४ क्विन्टल टमाटर बिक्रि गरि सक्नु भएको छ । दुई बर्ष देखी बेमौसमी टमाटर खेती गर्दै आउनु भएका मल्लले घर खर्चको चिन्ता गर्नु परेको छैन । ‘बारीमा आएर किनेर लगेर जान्छन । उत्पादन मात्र गर्न सक्नु पर्यो ।’ प्लाष्टिक घर भित्र फलेको टमाटर तर्फ देखाउदै भन्नुभयो, – ‘अव यो प्लाष्टिक घर भित्रको टमाटर पनि पाक्न लाग्यो बिक्रि गर्ने समयमा ब्यापारीलाई फोन गर्छौ, गाडी लिएर घरमै आइपुग्छन ।’
सिचाईको समस्या हुने मौसमको लागी थोपा सिचाईको ब्यवस्था गरिएको छ । टमाटर उत्पादनका क्रममा रसायनीक मल र बिषाधीको प्रयोग गरिएको छैन । बारीमा गोठेमल, झोलमल र जैवीक बिषाधीको प्रयोग गर्नु भएको छ । दैनीक अधिकांश समय बारिमा नै बिताउनुहुन्छ । गर्दछ । एउटा प्लाष्टिक घरबाट एक लाख सम्मको टमाटर बिक्रि गर्ने लक्ष्य लिनु भएको छ । टिका सिं मल्लले गर्नु भएको नमुना बेमौसमी टमाटर खेती अवलोकन गर्न छिमेकी गाउँ लगायत स्थानबाट किसानहरु समेत आउन थालेका छन् ।
किसानहरु मिलेर कृषक सहकारी समेत गठन गर्नु भएको छ । टमाटर बिक्रिबाट भएको आम्दानीलाई घर खर्च छुट्याएर सहकारी संस्थामा बचत गर्नु भएको छ ।

 

Loading...