बढेन डोटीमा मकै उत्पादन

डिलबहादुर सिंह,
डोटी   । पछिल्लो तीन वर्षयता डोटीमा मकैको उत्पादन बढ्न सकेको छैन । जिल्लाका सबै जसो स्थानीय तहहरुमा मकैको खेती गरिने भए पनि मकैको उत्पादन बढ्न सकेको छैन । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ३ हजार ५५० हेक्टर जमिन मकै खेती गरिएकोमा ९ हजार २३० मेट्रिकटन मकै उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाको ३ हजार ६५० हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिएकोमा १० हजार ३०० मेट्रिकटन मकै उत्पादन भएको तथ्यांकमा उ्ल्लेख छ । त्यस्तै गत आर्थिक वर्ष २०८० ÷०८१ मा अघिल्लो आर्र्थीक वर्षकै हाराहारी क्षेत्रफलमा १० हजार १ सय मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र डोटीले तथ्यांकमा उल्लेख गरिएको छ ।
जंगली जनावरको बिगबिगीले मकै खेती गर्न छोडेको पूर्र्वीचौकी गाउँपालिकाका किसानहरूले बताएका छन । स्थानीय किसान मदन साउद भन्नुहुन्छ,– ‘पहिला मकै खेती गरिने खेतवारी बाझै छ । बदेल, बादर आएर मकै खाएर जान्छन् । त्यही भएर पनि मकै खेती गर्न सकिएको छैन ।’
पहिले बर्खाको समयमा धेरै उत्पादन हुँने मकै अहिले किसानहरूले मकै लगाउन छोडेको पूर्वीचौकी गाउँपालिका –२ फट्टकहाल्लाका किसान सेर बहादुर चिरालले बताउनु भयो । किसान चिरालले भन्नुभयो, – ‘पहिले मकै लगाएर, मकै पाक्नने समयमा कोदो रोपिने परम्परा थियो, तर आज भोली हराएर गयो ।’

उहाँका अनुसार पहिले साउन महिनामा भरिभराउ उत्पादन हुने मकै पछिल्लो समयमा जंगली जनावर भालु, बँदेल, स्याल, बाँदरको बिगबिगीका कारण किसानहरूले मकै खेति गर्न छोडेको बताउनुभयो,ू किसान चिराल भन्नुहुन्छ,ू किसान पनि को छन् आजभोलि गाउँमा कोहि छैनन्, सबै रोजगारी गर्न भारत पलायन भएका छन् ,जग्गा जमिन बाँझै हुन्छ ।ू
अर्का किसान गोरख ठकुल्ला भन्नुहुन्छ, ‘पहिले खप्तड राष्ट्रिय निकुञ्जबाट शैनिकहरू घोडा र खच्चडको लागि दाना खोज्न गाउँमा धेरै आउथे आजभोलि मकै उत्पादन हुनै छोड्यो ।’

कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीका अनुसार जिल्लामा पहिलेको भन्दा अहिले मकैको उत्पादन घटेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जंगली जनावरको डरले मकै खेतीका कृषक मकै लगाउन मान्दैनन, मकैको सट्टा अन्य खेती गरेको पाइन्छ ।’
पहिले मकै उत्पादन हुने जमिनमा किसानले वर्तमान समयमा तरकारी र अन्य बाली लगाउने गरेको निमित्त प्रमुख अवस्थीले बताउनुभयो ।

Loading...