खप्तड सायल समाजको साधारणसभा सम्पन्न

पुनर्वास बैशाख १३ । डाेटीकाे सायल गाउँपालिकामा पुर्ख्याैली घर भइ कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आउनु भएका ब्यक्तिहरुले स्थापना गरेको संस्था खप्तड सायल समाजको साधारण सभा कञ्चनपुरको पुनार्वास नगरपालिका १० अन्तरगत विकासबस्तीमा सम्पन्न भएको छ ।
साधारण सभा समाजका अध्यक्ष नन्दबहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभामा बार्षिक आयब्यायकाे बिवरण र प्रगती बिवरण लगायत आगामी योजनाहरुको बारेमा छलफल भएको बताइएको छ ।

Loading...