जोरायल (डोटी) । डोटीको जोरायल गाउँंपालिकाका विभिन्न वडाहरुमा ११६ औ महिला दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।
जोरायल गाउँपालिका वडा नं. २ मा महिला अधिकार मञ्च
को आयोजना, वडा कार्यालय, सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल, निड्स नेपाल, इडिसी लगायत संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा र्याली, सास्कृतिक कार्यक्रम लगायतका कार्यक्रम अायाेजना गरिएका छन् ।
जोरायल –२ मा रहेको महिला अधिकार मञ्चकी अध्यक्ष माया रावलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ की वडा सदस्य मिना देवी वि क प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा जोरायल गाउँपालिका वडा न २ का १२ वटा आमा समुहका महिलाहरुले जनचेतनामुलक देउडा गित प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरुले समुदाय स्तरमा कायमै रहेका कुरिती हटाउन महिला सन्जाल लगायतको महत्वपुर्ण भुमिका रहने र छाउपडी, बाल बिबाह न्यूनीकरणमा सवै क्षेत्रको सहकार्य र समन्वय महत्वपुर्ण रहेको बताउनुभयो ।
- Facebook Comments
- Comments

