धार्मिक अगुवाहरुलाई सवल विश्व दृष्टिकोण सम्बन्धी तालिम

जुम्ला, असार २९ समाजमा विद्यमान परम्परागत हानिकारक अभ्यासहरू न्यूनीकरण गर्ने उद्देश्यले जुम्लामा धार्मिक अगुवाहरूका लागि “सवल विश्व दृष्टिकोण (Empowered Worldview) सम्बन्धी तालिम अायाेजना गरिएको छ। तालिममा जुम्ला जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न धर्मका धार्मिक अगुवाहरूको सहभागितामा रहेकाे छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल  र किर्डाक नेपालको आर्थिक सहयोगमा तथा महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय

सष्ञ्जाल (निरन) नेपालले तालिमकाे आयोजनामा गरेकाे हाे ।

 समुदाय स्तरमा गहिरोसँग जरा गाडेर बसेका बालविवाह, छाउपडी प्रथा, लैंगिक हिंसा तथा बाल संरक्षणसँग सम्बन्धित चुनौतीहरू न्यूनीकरण गर्न धार्मिक अगुवाहरूको भूमिका सुदृढ बनाउनु कार्यक्रमको उद्देश्य रहेको बताइएकाे छ।

सहभागीहरूलाई विश्व दृष्टिकोण, सवल विश्व दृष्टिकोण, तथा स्थानीय स्रोत साधनमा आधारित समुदाय विकास जस्ता विषयमा केन्द्रित रहेर अन्तरक्रियात्मक ढंगले सहजीकरण गरिने बताइएकाे छ। धार्मिक अगुवाहरूलाई आफ्नो धर्म संस्कृतिको सकारात्मक पक्षलाई प्रयोग गर्दै सामाजिक परिवर्तनमा कसरी प्रभावकारी रूपमा योगदान गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ।

तालिममा पश्चात धार्मिक अगुवाहरूलाई बालविवाह रोकथाम, छाउपडी प्रथा उन्मूलन, बाल संरक्षण प्रवर्द्धन तथा लैंगिक समानता अभिवृद्धिका लागि समुदायस्तरमा सक्रिय रूपमा परिचालन गरिने छ ।

तालिममा जुम्ला जिल्लाका गुठिचौर, तातोपानी, तिलागुफा, पातारासी र चन्दननाथ लगायतका  स्थानीय तहहरुबाट आएका  २० जना विभिन्न धर्मका धार्मिक अगुवाहरू को सहभागिता रहेको छ।

आयोजक स‌‌स्था

महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सष्ञ्जाल (निरन) नेपाल धार्मिक अगुवाहरू समुदायमा विश्वासिलो र प्रभावशाली व्यक्तित्व भएकाले उनीहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक सोच र व्यवहार परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तालिमको उद्घाटन सत्रमा राष्ट्रिय मानव अधिकार आयोगकी कल्पना नेपाल आचार्य, किर्डाक नेपालका शिव चन्द्र कार्की,वल्र्ड भिजन इन्टरनेशनल नेपालका भेश बहादुर रावल लगायतले धार्मिक अगुवाहरुले सामाजिक परिवर्तनका क्षेत्रमा काम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
उद्घाटन सत्रमा राष्ट्रिय मानव अधिकार आयोगकी कल्पना नेपाल आचार्यले समाजमा बिभिन्न किसिमका कुरितीका कारण महिला र बालबालीकाहरु पिडित हुनु परेको हुँदा धार्मिक अगुवाहरुले समाजमा कायमै रहेका कुरिती अन्त्यका लागी योगदान दिनु पर्ने बताउनु भयो ।

Loading...