किसानले उत्पादन गरेकाे तिलले उचित मुल्य पाएन

डिल बहादुर सि‌ह  डोटी ।

किसानले उत्पादन गरेकाे तिलले बजारमा मुल्य पाउन सकेकाे छैन ।  जिल्लाको अधिकांश क्षेत्रमा तिल र भातिबेथे विगत देखि उत्पादन हुँदै आएको भएपनि बजारमा थोरै मूल्यमा बिक्री गर्नु परेको कृषकहरूको गुनासो छ ।

तिल स्वास्थ्यका लागि लाभग्राही हुने गरेको भएपनि बजारमा मूल्य भने न्यून पाउने गरेको पूर्वीचौकी गाउँपालिका वढा नम्बर २ कि स्थानीय कृषक हर्क देवी ठकुल्लाले बताइन् । परम्परागत रूपमा लगाउदै आएको तिल खेती बजारमा १ सय रूपैयाँ मानाका दरले बेच्नु परेको उनले बताइन् । उनले भनिन्,ू बजारमा कतै बढि मूल्य पाइन्छ कि भनेर डुलाउनु पर्छ अन्ततः विगतकै न्युन मूल्यमा बिक्री गरेर फर्कनु पर्छ ।ू

विगत ४र५ वर्ष पहिले बजारमा प्रति माना १ सय रूपैयाँका दरले बेचेको भएपनि वर्तमान समयमा आइपुग्दा त्यतिनै मूल्यमा तिल बेच्नु परेको स्थानीय दुर्गा देवी साउँदले बताइन् । बर्खे खेतीको रूपमा परापूर्व कालदेखि उत्पादन हुँदै आएको तिल पछिल्लो समयमा बजारमा आयातित तिल भित्रिदा स्थानीय तिललाई अपेक्षित बजारीकरण गर्न समस्या भएको बताइन् ।

त्यस्तै विगतदेखि नै गाउँघरमा तिल प्रसस्त उत्पादन हुने गरेको भएपनि उचित बजार भाव कारण किसानले तिल खेती गर्न छोडेको आदर्श गाउँपालिकाका भुवनप्रसाद भट्टले बताएका छन् ।

यस वर्ष समयमै बर्षा भएका कारण तिल राम्रो उत्पादन भएको किसानहरूले बताएका छन् ।

कृषि ज्ञान केन्द्र डोटीले उपलब्ध गराएको तथ्यांकअनुसार हाल जिल्लामा ६ क्षेत्रफल जमिनमा तिल खेति गरिदै आएको छ । पछिल्लो ३ वर्षयता डोटीमा आर्थिक वर्ष २०७८र७९ मा ६ मेट्रिकटन तिल उत्पादन भएको छ भने आर्थिक वर्ष २०७९र८० मा ५ मेट्रिकटन तिल उत्पादन भएको छ । त्यस्तै आर्थिक वर्ष २०८०र८१ मा ६ मेट्रिकटन तिल उत्पादन भएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताए ।

तिलको महत्त्व के छ रु
परम्परागत रूपमा गरिदै आएको तिल खेति पछिल्लो समयमा गाउँघरमा बन्यजन्तुको कारणले घट्दै गएको भए पनि तिललाई धार्मिक पूजाआजा र अचार, तेल तथा विभिन्न खानाका परिकारको रूपमा प्रयोग गरिन्छ । तिलले कोलेस्ट्रोल, क्यान्सर, चिन्ता कम गर्न,हड्डीलाई बलियो बनाउन, मस्तिष्क घातक बाट बचाउन मद्दत गर्ने गर्छ । स्थानीय बुढेउलीकाअनुसार विशेषतः गर्भवती महिलाका लागि तिल अचुक लाभदायक मानिने बताउछन् ।

Loading...