जोरायलको बास्मती धानमा पातबेरुवा किरा

डिलबहादुर सिंह
। डाेटी जिल्लाकाे जाेरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बास्मती धानमा पात बेरुवा किरा देखा परेको छ । जाेरायल गाउँपालिका हंसराज बास्मती उत्पादनका लागी प्रख्यात रहेकाे छ ।  गाउँपालिका कृषि शाखा प्रमुख प्रदिप साउँदका अनुसार किराले धानको पातलाई बेरेर पातको भित्रपट्टी बसी हरियो पदार्थ खाएर धानको बोटलाई सुकाउने गरेको छ । शाखा प्रमुख साउँदले भन्नुभयो, – धानमा हल्का खैरो रङ्गको वयस्क पुतली, पखेटामा दुईवटा बाङ्गा– टिङ्गा धर्साहरू भएको लार्भा हल्का हरियो रङ्गका किरा देखा परेको छ । भित्र पट्टि बसी हरियो पदार्थ खाइ धानको पातलाई सुकाइदिन्छ ।’
धानमा किरा लागेको जानकारी किसानबाट आउने बित्तिकै गाउँपालिकाबाट स्थलगन अनुगमन गर्दा पात बेरुवा किराले तिन रोपनी धान पुर्ण रुपमा क्षती गरेको छ । अनुगमनका क्रममा आँशिक रुपमा ५७ रोपनी धानमा असर गरेको जोरायल गाउँपालिका कृषि बिकास शाखाले जानकारी दिएको छ । गाउँपालिकाबाट किसानलाई उपचार बिधीको जानकारी दिईएको बताईएको छ ।

पातबेरुवा किराका कारण धानको बोट सुक्न थालेपछि किसानलाई धान उत्पादन घट्ने चिन्ताले सताउन थालेको छ । जोरायल गाउँपालिका हंसराज बास्मती चामल उत्पादनका लागि प्रख्यात छ । हंसराज बास्मती धानमा किरा लागे पछि किसानले किराबाट धानको सिघ्र उपचार तथा रोकथामको माग गरेका छन् । आफ्नो करिव ७ रोपनी खेतमा लगाइएको हंसराज बास्मती धानमा किराले नोक्सान गरेको दुखेसो पोख्दै जोरायल गाउँपालिका ३ की किसान कल्पना बोहराले भन्नुभयो,– ‘बास्मती राम्रै उत्पादन होला भनेर अरुको जग्गा पनि पैसा दिएर हामीले धान रोप्यौ तर किरा लागेर पुरै खेत सुकिसक्यो ।’

जिल्ला अन्य स्थानमा गरिएको अन्य जातका धानहरुमा समेत यो पात बेरुवा किरा फेला परेको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार जोरायल गाउँपालिका जस्तै के.आई.सिह गाउँपालिका र दिपायल सिलगढी नगरपालिका लगायत पूर्वीचौकी गाउँपालिका बिभिन्न स्थानमा रोपिएको धान खेतीमा पात बेरुवा किरा देखा परेको छ । लगातार रुपमा अत्याधिक बर्षा भएका कारण पात बेरूवा किरा धानका पातमा देखा परेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो । कार्यालय प्रमुद अवस्थीले भन्नूभयो, –‘यो किरा धानको बोट सानो छदा धेरै हुन्छ । धान ठूलो र सुख्खा अथवा घाम लागेपछि हटेर जान्छ ।’
प्राविधिकहरुका अनुसार किरा व्यवस्थापन विधि यस प्रकार रहेकाे छ ः
काँडेदार डोरी लिई दुवै छेउमा समातेर खेतको दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरित दिशातिर जाने यसो गर्नाले धानको पातमा रहेका पात वेरुवाका लार्भाहरू पानीमा खसेर नष्ट हुने गर्छन । पात बेरूवा किरा व्यवस्थापनको लागि धान रोप्ने बेलामा स्वस्थ र बलिया बेर्नाहरूको प्रयोग गर्दा, नाईट्रोजनयूक्त मलको उचित प्रयोग गरेमा,धानखेतको राम्ररी गोडमेल गर्दा निराकरण गर्न सकिने छ ।

बि. टी. नामक जैविक विषादी १।५ मिलिमिटर प्रति लिटर पानीमा मिसाई खेतमा छर्नुपर्छ । यो विधिबाट जैविक विषादी प्रयोग गर्दा प्रति हेक्टर जमिनमा ५ सयदेखि ६ सय लीटर जैविक विषादी र पानीको झोल प्रयोग गर्दा धानमा देखापरेका पात बेरूवा किरालाई नियन्त्रण लिन सकिने छ ।
यदि यो विधिबाट पनि किराले विकराल रूप लिदा अथवा प्रकोप बढी भएमा विषादी क्लोरोपाइरिफस २० प्रतिशत इसी, १।२५ मिलिमिटर प्रति लिटर वा कार्वो सल्फान २५५ इसी ९मार्सल० १ मिलि प्रति लिटर कारटेप हाइड्रोक्लोराइड ४५ जीआर र गाईको ५० ग्राम गोबरमा १ लिटर पानी हालेर राम्रोसँग छानेर धान बालिमा स्प्रे गर्दा यो किराका पुतलीहरु गाईको गोबर को गन्धले भाग्ने गर्दछ्न वा गाइको १ लिटर गहुत ५ लिटर पानी र ५० ग्राम खुर्सानिको धुलो मिसाइ १५र१५ दिनको फरकमा २ पटक प्रयोग गर्नु पर्दछ ।

Loading...