काठमाडौँ ।
यस बर्ष सञ्चालन हुने (एसईई) को परिक्षा आगामी चैत्र १५ गते देखि २७ गते सम्म सञ्चालन हुने भएको छ ।
माघ ७ गते बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठक यो वर्षको (एसईई)बारे निर्णय गरेको थियो । बोर्डले यसअघि सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने भनिएको थियो । तर, पहिलो साता होली पर्व परेकाले दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २७ गते ग्रेडबृद्धि अन्तर्गतका परीक्षाहरू सञ्चालन हुनेछन् ।

