नरैनानपुर, बाँके । महिला हिंसा बिरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन) नेपालको आयोजनामा बाँके जिल्लाको नरैनापुर गाउँपालिका परम्परागत हानिकारक अभ्यासहरु न्यूनिकरणमा धार्मिक अगुवा र सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नरैनापुर गाउँ पालिका स्तरिय अन्तरधार्मिक सञ्जालका अध्यक्ष प्रमोद मिश्राको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह बिशिष्ट अतिथीको रुपमा निरन नेपालका केन्द्रिय अध्यक्ष इसुजँग कार्की हरनु भएको थियो । कार्यक्रममा सुरक्षा निकाय, नागरिक समाज, स्वास्थ्य संस्था लगायत बिभिन्न धर्मका धार्मिक अगुवाहरुको सहभागीता रहेको थियो ।

