ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा जाेड

स्थानीय तहद्धारा दलित समुदायकाे समग्र विकासका लागी गरिएका असल अभ्यासहरु आदान प्रदान

तेजु ओली / सिलगढी ।
दलित समुदायका पक्षमा राज्य स्तरबाट निर्माण भएका ऐन कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने कुरामा जोड दिइएको छ । डाेटीकाे दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा दिगो विकास समाज नामक गैरसरकारी संस्थाद्धारा अायाेजना गरिएकाे स्थानिय स्तरमा गरिएका असल अभ्यासको आदान प्रदान,मानव अधिकार, अर्थपुर्ण सहभागिता, सहअस्तित्व र आत्मसम्मान नारा सहित दलित समुदायको नेतृत्व तथा क्षमता विकास अन्तरक्रिया कार्यक्रममाका सहभागीहरुले दलित समुदायका पक्षमा राज्यस्तरमा निर्माण गरिएका ऐन कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको हुँदा ऐन कानुनको प्रभावकारी रुपमा कार्यान्वयनका लागी  सवै क्षेत्रवाट पहल हुनु पर्ने कुरामा जोड दिईएको छ । दिगो विकास समाजका अध्यक्षका कृष्ण बहादुर वि.क.को अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सि‌ खड्का प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिका र नगरपालिका भित्रका बिभिन्न वडा स्तरमा दलित समुदायकाे समग्र विकासका लागी गरिएका असल अभ्यासहरुको बारेमा आदान प्रदान गरिएको थियो ।
दिपायल सिलगढी नगरपालिकाले गरेका असलअभ्यास सकारात्मक सोच बढोस् भन्ने ्उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष कृष्ण बि.क.ले बताउनु भएको छ ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सीं खड्का ले नगरपालिका भित्रका दलित समुदायको आय आर्जन, शिक्षा,सिप लगाएत क्षेत्रमा काममा स्थानिय तहले काम गरिरहेको बताउनु भएको छ ।

Loading...