सवल विश्व दृष्टिकोण सम्वन्धी तालिम सम्पन्न

बझाङ्ग । बझाङ्गको केदारस्यूँ गाउँपालिकामा धार्मिक अगुवा र अपाङ्गगता भएका व्यक्तिहरुकालागी आयोजना गरिएको सवल विश्व दृष्टिकोण सम्वन्धी तिन दिने तालिम सम्पन्न भएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा दलित सहयोग समाज बझाङ्ग र महिला हिंसा बिरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन) नेपालद्धारा तालिम कार्यक्रमको आयोजना गरिएको हो ।
धार्मिक अगुवाहरुको क्षमता विकास गरेर समाजमा कायमै रहेका परम्परागत हानीकारक अभ्यासहरु न्यूनीकरणका लागी धार्मिम अगुवाहरु परिचालन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको हो । सामाजमा रहेका अति बिपन्न वर्गको समग्र विकासमा धार्मिक अगुवाहरुको भूमिका, बालविवाह, लैंगिक हिंसा, जातीय छुवाछुत लगायतका कु–प्रथाको अन्त्यका लागी धार्मिक अगुवाहरुको भूमिका लगायतका बिषयमा तालिममा छलफल गरिएको बताइएको छ ।
तालिममा, अपांगता भएका ब्यक्तिहरु र धार्मिक अगुवा सहित २६ जनाको सहभागीता रहेको थियो । माघ ८ गते देखि १० सम्म तालिम आयोजना गरिएको हो ।

Loading...