डिलबहादुर सिंह
डोटी ।
शहरी क्षेत्रमा रैथाने बालीको माग बढेपनि रैथाने बाली लोभ हुँदै गएका छन् । परम्परागत खेतिको रूपमा गरिने जौँ, कोदो, कागुनो, चोतो भातिबेथे, लेकाली बेथे, तिल, चिनो, तिरकुलो लगायतका रैथाने बाली लेप हुँदै गएका छन् । बजारमा आईब्रिट बिउभिजन भित्रीएसँगै रैथाने बालीको संरक्षणको तर्फ ध्यान नदिदा बालिहरू लोभ हुन पुगेका किसानहरूले बताएका छन् ।
धान लगाइएको जमिनमा सबैभन्दा धेरै खेती गरिने कागुनो पछिल्लो समयमा अस्तित्व गुमाउन पुगेको छ । स्थानीय तहले रैथाने बाली प्रवद्र्धनमा चाँसो नदेखाएको कृषकहरूको आरोप छ । रैथाने बालिको बीउ हराउन थाले पछि पुनः खेति बिस्तार गर्न बीउ खोज्नु परेको जोरायल गाउँपालिका वडा नम्बर ४ का किसान पदम बहादुर पाली बताएका बताउनुभयो । किसान पालीले भन्नुभयो, –‘जोरायल बासमती, गत, मास, कोदो व्यावसायिक रूपमा अहिले पनि यहाँका किसानहरुले खेती गरिरहेको भए पनि कागुनो, चिनो, हराउदै जान थालेको छ ।
‘पुराना बाली कागुनो, पिँडालु, चोतो, बेथे सबै हराएको छ, । लगाउँ भने बीउ उाउनै मुस्किल छ’ । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. २ का किसान भिम ठकुल्लाले भन्नुभयो, –‘ पुराना जातका बालिहरू वर्तमान समयसम्म आइपुगदा फाट्टफुट्ट मात्रामा मात्रै देखिने गरेको छ । व्यापक रूपमा पुराना जातको खेति गर्ने प्रवृत्ती हराउन थालेको छ । कागुनो भन्ने अहिले आएर चिने भरखरै गाउँमा एउटा किसानले लगाएका छन त्यो पनि एक दमै कम मात्रामा । ’
कतिपय स्थानीय तहहरुले रैथाने बालीको संरक्षण ध्यान दिन थालेका छन् । जोरयाल गाउँपालिकामा जिन बैंक भएकाले रैथाने बालीलाई संरक्षण गर्न गाउँपालिकाले बिउ बैकबाट बिउ ल्याएर किसानलाई वितरण गरिरहेको जोरायल गाउँपालिका कृषि शाखा नायव प्राविधिक सहायक चन्द्र बहादुर सार्कीले बताउनुभयो । पालिकाका विभिन्न क्षेत्रमा रैथाने बालि प्रवद्र्धन गर्न जिन बैंक र पालिकाको संयुक्त साझेदारीमा रैथाने बाली संरक्षण र बिस्तार गरिरहेको सार्कीले बताउनुभएको छ । उहाँले भन्नुभयो रैथाने बाली लोभ हुँदैछ अहिले अनुदानबाटै भएपनि संरक्षण तर्फ जुटिरहेका छौँ।ू
बोगटान फुड्सिल गाउँपालिका कृषि शाखा प्रमुख योगेन्द्रबिक्रम बोगटीका अनुसार गाउँपालिकाले रैथाने बाली सम्बन्धी कुनै पनि कार्यक्रम नगरिएको गरेको छैन । आगामी आर्थीक वर्षमा रैथाने बाली प्रवद्र्धनको लागि योजना बनाएको बोगटीले बताएका छन ।
त्यस्तै २०६७ सालमा गैरसरकारी संस्था लिबर्डको सहयोगमा जोरायल गाउँपालिका वडा नम्बर १ मा घण्टेश्वर सामुदायिक बिउ बैंक स्थापना भएको छ । उक्त सामुदायिक बिउ बैंक व्यवस्थापक गणेश बिष्टका अनुसार खेतीपाती गर्ने समयमा जोरायलमा मात्रै करिव ५ क्विन्टल बिउ वितरण हुने गरेको बताउनुभयो । बैकले वर्तमान समयमा स्थानीय स्तरमा पाइने सबै रैथाने बाली संरक्षण गरेर राखेको र वितरण जोरायल गाउँपालिकामा मात्रै गरिरहेको व्यवस्थापक बिष्टले बताउनु भएको छ । बैंक सञ्चालनको लागि लिबर्ड नाम संस्था, जोरायल गाउँपालिका र कृषि ज्ञान केन्द्र डोटीले पनि सहयोग गरिरहेको बताउनु भयो । उहाँले फेरि भन्नुभयो, स्थानीय बाली बाचाउन कृषकलाई पैचोको रूपमा बीउ दिने गरेकाछौँ र त्यसबाट उत्पादन हुँने सबै खरिद पनि हामी नै गर्छु, कृषकले बाहिर बेच्न पाउदैनन् ।ू
यस्ता बाली सम्बन्धी तथ्यांक खोज्दा कृषि ज्ञान केन्द्र डोटी र स्थानीय तहमा भेटिदैनन । कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीकाअनुसार ज्ञान केन्द्रले वतर्मान समयमा जोरायल बासमती बजारीकरण मात्रै गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,ू रैथाने बाली उत्पादनमा भन्दा पहिचानसहितको बजारिकरणमा जोड दियो भने बालि किसानले आफै उत्पादन गर्छन् त्यसरी रैथाने बाली वृद्धि पनि हुन्छ । ू
विगतका दिनहरूमा जेजस्तो भएपनि यो आर्थिक वर्ष २०८१र८२ मा रैथाने बालि प्रवद्र्धन स्थानीय तहको माग बमोजिम बोगटान फुड्सिल गाउँपालिका र साइले आलु प्रवद्र्धनको कार्यक्रम रहेको बताउनु भयो । बोगटानको खैरो भट्ट पूर्वी नेपालमा वर्षेनी निर्यात भैरहेकाले पहिचानसहितको बजारिकरण गर्नको लागि डोटेली खैरो भट्मासको कठ्ठा बनाइ निर्यात गर्ने बताउनु भयो ।
निमित्त प्रमुख अवस्थीले रैथाने बालि लोभ हुनुको मुख्य कारण किसानले बालिको बजारिकरणको मूल्य थाहा नपाउन सकेको बताउनु भयो । वर्तमान समयमा मानिसहरूको खानपान र जीवनशैली फेरिएसँगै रैथाने बालिको अस्तित्व गुमेको अवस्थीले बताएका छन । उहाले भन्नुभयो,ू जलवायु परिवर्तन अनुकुलन गर्ने रैथाने बालि हो ।ू स्थानीय रैथाने बालिलाई मौसमले कुनै पनि प्रभाव नपार्ने भएकाले रैथाने बालि प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको निमित्त प्रमुख अवस्थीले बताउनुभयो ।

