डिलबहादुर सिंह
डोटी, असार २७ ।
डोटीमा जिल्लामा ६९ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार जिल्लामा कुल धान खेती हुने क्षेत्रफल ४ हजार ४६० हेक्टर जमिनमा मध्ये जिल्लाका ९ वटै स्थानीय तहमा ६९।४१ प्रतिशत रोपाई सकिएको छ ।
डोटी जिल्लाका बिभिन्न स्थानहरुमा बैशाख अन्तिम हप्ता देखि कृषकहरुले धान रोपाई रोपाई सुरु गरेका थिए । धान रोप्ने काम जिल्लाका कतिपय स्थानहरुमा साउनको अन्तिम हप्ता सम्म पनि हुने गर्दछ । पर्याप्त सिंचाई सुविधा भएका स्थानहरुमा कृषकले बैशाख अन्तिम साता तिर नै धान रोप्न सुरु गर्दछन् । सिचांईको सुबिधा नभएको स्थानहरुमा बर्षाको पानिमा निर्भर हुनु पर्ने हुँदा साउनको अन्तिम हप्ता सम्म पनि रोपाईका गर्नु पर्ने हुन्छ ।
यस वर्ष असार महिनाको दोस्रो र तेस्रो हप्तामा बर्षा हुँदा धान रोपाईमा सहज भएको डोटीको र पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ बिष्ट गाउँका किसान जोगी बिष्टले बताउनु भयो । बिष्टले भन्नुभयो, – ‘असारमा पानि नपर्दा अघिल्ला बर्षहरुमा साउनमा समेत रोपाई गर्नु परेको थियो । यस पटक असारमा थोरै भए पनि धानखेतीलाई पुग्ने गरि बर्षा भएका कारण असारमा नै रोपाई गर्न भ्यायौं ।’
सेती किनारका कतिपय फाँटहरुमा समेत सहज सिचाँईको सुविधा पुग्न सकेको छैन । छेउमै सेती नदी उर्लिएर बगेको भए पनि डोटीको शिखर नगरपालिका –६ तल्कोटको फाँटमा साउनमा मात्रै रोपाई सुरु हुने बताइएको छ । शिखर नगर पालिका ६ स्थित तल्कोट जिल्लमा नै राम्रो खेती उत्पादन हुने क्षेत्रको रुपमा चिनिन्छ । स्थानीय किसान मिन बहादुर मल्लले भन्नुभयो, – ‘माथिल्लो भेगमा माथिल्लो भेगमा रोपाई भइसकेका छन् । हामी साउनमा मात्रै सुरु गर्छौं ।’
कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीका अनुसार जिल्लामा कुल खेतियोग्य जमिन ३२ हजार २७६ हेक्टर रहेकोे छ । जस मध्य २५ हजार ५ सय हेक्टर जमिनमा मात्रै खेती गरिदै आएको छ । जिल्लामा कुल सिचित क्षेत्र ११ हजार २ सय ८१ हेक्टर रहेको छ, जसमध्ये वर्षभरि सिँचाई हुने क्षेत्र ९ हजार ५२१ हेक्टर रहेको छ । आंशिक रूपमा सिँचाइ हुने क्षेत्र १ हजार ७६० हेक्टर रहेको छ ।
- Facebook Comments
- Comments