कृषकहरुलाई सामाग्री हस्तान्तरण

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका १ सय ८० जना कृषकहरुलाई ५ लाख रुपयाँ बराबरको बिउँ बिजन तथा सामाग्री सहयोग गरिएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल द्धारा कार्यान्वयन भइरहेको एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत शिखर नगरपालिका वडा नं. ३ र ६ १ सय ५५ कृषक तथा दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का २५ कृषक परिवार सामाग्री हस्तान्तरण गरिएको हो ।

सामुदायिक विकास मञ्च डोटीका अध्यक्ष खडकराज शर्माका अनुसार पछिल्लो समयमा एकिकृत सामुदायिक विकास परियोजना अन्तरग किसानलाई प्राकृतिक खेती प्रणाली मार्फत तरकारी उत्पादनमा सहयोग गरिदै आएको छ । रसायनीक मल र बिषाधीको प्रयोग नरेर स्थानीय स्तरमा प्राप्त हुने सामाग्रीहरु मार्फत मल, र बिषादी निर्माण गरेर तरकारी खेतीमा प्रयोग गरिदै आएको छ । परियोजना मार्फत प्लाष्टिक, ड्रम, हजारी लगायत बिउ बिजन सहयोग गरिएको हो ।
बिउँबिजन तथा कृषि सामाग्री हस्तान्तरण गर्नुहुँर्दै डोटीको शिखर नगरपालिकाका प्रमुख दीर्घ बहादुर बलायरले सामाग्री प्राप्त भइसके पछी कृषकमा थप हौंसला प्राप्त भएको बताउनु भयो । प्राकृतिक खेती मार्फत जलवायु अनुकुलनमा समेत सहयोग भएको छ ।

Loading...