काठमाण्डौ महानगरको आग्रह : उपचारमा आर्थिक अभाव भए सम्पर्क गर्नु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले देशका जुनसुकै स्थानबाट काठमाण्डौमा उपचारका लागि आउने बिपन्न, अशक्त, गरिव नागरिकलाई सहयोग गर्ने भएको छ ।

काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार  हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला’ भनि उल्लेख गर्नु भएको छ ।

सहयोग आवश्यकता भएका बिरामीहरुका लागि सम्पर्क नम्बर ः ११८० उल्लेख गरिएको छ । साथै काठमाडौँ महानगर स्वास्थ्य विभाग मार्फ आवश्यक जानकारी लिन सकिने छ । काठमाडौँ महानगरपालिका , निशुल्क उपचार सहजिकरण सेवा  https://freehealth.kathmandu.gov.np

 

Loading...