डोटी । भुकम्प प्रभावित स्थानीयलाई स्वच्छ खानेपानिका लागि सहजता होस् भन्ने उद्देश्यले बाजुरा जिल्लाका दुईवटा स्थानीयतहहरु गौमुल र हिमाली गाउँपालिका तथा डोटीको पूर्वीचौकी गाउँपालिकामा गरेर १ हजार १५० घुरधुरीमा १ करोड ७ लाख ७७ हजार ८०० रकम बराबरको फिल्टरहरु हस्तान्तरण गरिएका छन् ।
वाइन टु वाटर संस्थाको सहयोगमा मानव शसाधन केन्द्रले डोटी र बाजुरा जिल्लाका भूकम्प प्रभावित घरपरिवारमा वितरण कार्यका लागि स्थानीयतहलाई फिल्टर हस्तान्तरण गरेको हो ।
्मानव संशाधन केन्द्र बाजुराका कार्यकारी निर्देशक रमेश सुनारका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका र बाजुरा जिल्लाको हिमाली र गौमाल गाउँपालिकालाई फिल्टरहरु हस्तान्तरण गरिएका छन् । गाउँपालिकाले छनौट गरेका भुकम्प प्रभावित घरपरिवालाई बितरण गर्ने छ । निर्देशक रमेश सुनारले भन्नुभयो, – “फिल्टर ढुवानी ब्यवस्थापना रोटरी क्लव डिष्ट्रक ३२९२ र मानव संशाधन केन्द्र बाजुराले गरेको हो । त्यसै गरी स्थानीय तहहरुका तर्फबाट ३ लाख २७ हजार ७५० बारबरको बाल्टीन खरिद कार्य भएको छ ।” खा
फिल्टर पश्चात भुकम्प प्रभावित घरपरिवाले स्वच्छ र खानेपानीका लागि सहजता हुने बताइएको छ ।
- Facebook Comments
- Comments