खप्तडलाई प्लाष्टिक रहित क्षेत्र बनाइने अभियानको सुरुवात
डिलबहादुर सिंह,
झिग्राना (डोटी) । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जको अगुवाइमा खप्तड घुम्न आउने पर्यटकहरु लगायतलाई निकुञ्ज क्षेत्रमा जथाभावी प्लाष्टिक प्रयोगबाट हुने हानीवारे सचेत गराउँदै प्लाष्टिक रहित क्षेत्र बनाउने बताइएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जका वरिष्ट सँरक्षण अधिकृत सरोजमणी पौडेलका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकहरुले प्रयोग गरेको प्लास्टिक जथाभावी फ्ँयाकेर जादाँ प्लास्टिक बन्यजन्तु खान सक्ने र प्लाष्टिक खाएमा बन्यजन्तुको मृत्यु समेत हुन सक्ने हुँदा खप्तड क्षेत्रलाई प्लाष्टिक रहित क्षेत्र बनाउन लागिएको हो । वरिष्ट संरक्षण अधिकृत पौडेलले भन्नुभयो,– ‘निकुञ्ज आरक्ष क्षेत्र भन्ने वित्तकै प्राकृतिक वातावरणले अति सफा र सुन्दर हुनुपर्छ भन्ने सबैले बुझेकै कुरा हो । अव निकुञ्जले प्लाष्टिक जन्य सामाग्रीको प्रयोग हुन नदिन कडाईका साथ काम गर्ने योजना बनाएको छ । प्लास्टिक जन्य वस्तु देख्ने वित्तिकै डष्टबिनमा राखिहाल्न सवैलाई आग्रह पनि गर्दै आएका छौं ।’
प्राकृतिक हिसावले सुन्दर खप्तड क्षेत्रलाई भु–स्वर्गको उपमा दिइएको छ । खप्तड क्षेत्रमा आउने पर्यटकहरुले प्रयोग गरेर प्लास्टिक जथाभावी फ्याँक्दा निकुञ्जको सौन्दर्यका साथै बन्यजन्तुमा समेत असर पर्ने देखि सबै क्षेत्रलाई परिचालन गरेर निकुञ्जलाई प्लास्टिक रहित क्षेत्र बनाउने अभियानको थालनी भएको छ । खप्तड क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेसँगै निकुञ्जको सौन्दर्यलाई कायमै राखेर पर्यटकन प्रवद्र्धनमा समेत सहयोग पुग्ने किसिमका काम गर्न सबैको हातेमालो आवश्यक रहेको पर्यटन ब्यवसायीहरुको धारणा रहेको छ । ‘सबै पर्यटकहरुमा प्राकृतिक सौन्दर्यलाई कायमै राख्नु पर्छ भन्ने जनचेतना फैलाउनु पनि जरुरी छ’ डोटीको झिग्रानामा रहेको खप्तड होम स्टे का संचालनक तथा पर्यटन व्यवसायी दिपक खड्काले भन्नुभयो,– “खप्तडको सौन्दर्यलाई कायमै राखेर बन्यजन्तुको पनि संरक्षण र पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउदै खप्तड क्षेत्रलाई प्लाष्टिक रहित क्षेत्रका रुपमा विकास गर्नु पर्दछ । यसमा सवै क्षेत्रले सहयोग गर्नुपर्छ ।”
खप्तडमा बर्षेनी घुम्न आउने पर्यटकको सँख्यामा समेत बृद्धी हुँदै गएको छ । खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधीमा ८८३ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । आर्थिक वर्ष ०७९/०८० मा २ हजार ८९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । यस्तै आर्थिक बर्ष ०७८/०७९ मा २ हजार २०९ र आर्थिक बर्ष २०७७/७८ मा १ हजार ६८८ जना पर्यटकले खप्तडको भ्रमण गरको छन् ।
…………………………………………………………………………………………………………………………………………………………………..
खप्तडलाई प्लाष्टिक मुक्त बनाउने अभियान बारे आफ्नो बिचार राख्दै खप्तड राष्ट्रिय निकुञ्जका नि.वरिष्ट संरक्षण अधिकृत सरोजमणी पौडेल