काठमाडौं – युवाहरूलाई जलवायु कार्य र शासनमा संलग्न गराउन क्लाइमेट फेलोशिप ग्रान्ट २०२४ का लागि दरखास्त आह्वान गरिएको छ । जलवायु परिवर्तन, विपद् व्यवस्थापन, र सुशासनमा वृत्ति विकास निर्माण गर्न क्लाइमेट फेलोशिपको लागि अवसर प्रदान गरिएको हो । यो अनुदानमा पाँच महिनाको अवधिको लागि छानिएका नौ जना युवाहरुलाई, सुदूरपश्चिम प्रदेशका परियोजना संचालन भएका नौ वटा पालिका मध्ये एक÷एक पालिकामा र एक जना प्रदेश मन्त्रालयमा रहने बताईएको छ । तीन लाख रुपियाँ अनुदानमा मासिक भत्ता, यात्रा भत्ता, सञ्चार भत्ता, बैठक सुविधा, तालिम खर्च र थप सहयोग समेटिएको छ ।
जलवायु सम्बन्धी सरोकारहरूलाई सम्बोधन गर्नु निकै महत्वपूर्ण हुँदै गइरहेको छ र जलवायु परिवर्तनसँग लड्न, चरम जलवायु घटनाहरूसँग जुध्न र भविष्यका सन्ततिको लागि अनुकूल विश्वको निर्माण गर्न युवाहरूको निर्णायक भूमिका पहिले भन्दा बढी औचित्यपूर्ण र पहिचान गर्न सकिने हुँदै आएको छ । युथ इन्नोभेसन ल्यावले युरोपेली संघको सहयोगमा वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा (TheYout

hCAN.org) अन्तर्गत क्लाइमेट फेलोशिप ग्रान्ट (अनुदान) २०२४ आह्वान गरेको हो । यसले जलवायु सम्बन्धी गरिने क्रियाकलाप र सुशासनमा युवाहरूको संलग्नतालाई सशक्त बनाउने लक्ष्य लिएको छ ।
परियोजना संचालन भइरहेका स्थानीय तहहरुमा भजनी नगरपालिका (कैलाली), जोशीपुर गाउँपालिका (कैलाली), चुरे गाउँपालिका (कैलाली), जानकी गाउँपालिका (कैलाली), शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर), दोधारा चाँदनी नगरपालिका (कञ्चनपुर), बेलडाँडी गाउँपालिका (कञ्चनपुर), आलिताल गाउँपालिका (डडेल्धुरा), र अजयमेरु गाउँपालिका (डडेल्धुरा) रहेका छन् ।
युथ इन्नोभेसन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले योजना प्रक्रिया र बजेट निर्माणमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनको महत्वका साथै पालिकाहरुमा रहेका अस्पताल, शिक्षा जस्ता क्षेत्रहरुको एक्सपोजर, जोखिम, खतरा र क्षमता अभिवृद्धि गर्ने श्रोतहरुको तथ्याकं प्रस्तुत गर्दै यसको लागि फेलोसिप अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो
अनुदानको लागि गरिएको आवेदन आव्हानको अवधि १० मार्च २०२४ को मध्यरातमा सकिने छ । इच्छुक युवक र युवा व्यवसायीहरुले थप जानकारीको लागि https://theyouthcan.org/climate-fellowship बेवसाइटमा जान सक्नेछन् र आवेदन फारम यो वेबसाइट लिंक https://bit.ly/climate_fellowship_2024 क्लिक गरि वेबसाइट भित्र गएर भर्न सक्नेछन् ।

