आगलागी नियन्त्रणमा नगरपालिकाले लापरवाही गरेकाे भन्दै चैनपुर बन्द

बझाङ । बजारकाे मध्य भागका रहेकाे पसलमा भएकाे आगलागी नियन्त्रणामा नगरपालिकाले लापरवाही गरेकाे भन्दै स्थानीयले बझाङको चैनपुर बजार बन्द गरेका छन्।

आगलागी घटनाकाे बिषयमा जानकारी गराउँदा समेत जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड बढीको क्षति भएको भन्दै आक्रोशित व्यापारी लगायत स्थानीयले बजार बन्द गराएका हुन्। आइतबार दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ३२ वर्ष भन्दा पुरानाे  एउटा कपडा पसलमा आगलागी भएको आधा घण्टापछि मात्रै जयपृथी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो।

Loading...