भारतवाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखा पर्न थाल्यो

कैलाली

भारतबाट फर्किएका ब्यक्तिहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । कैलालीको गौरिफन्टामा नाकामा स्थापना गरिएको हेल्थ डेष्कका प्रमुख गणेश साउदका अनुसार भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण परिक्षण गर्ने क्रममा हाल सम्म १० जनामा सङ्क्रमण फेला परेको छ । भारतमा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।
गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट नेपालीहरु घर फर्किने गरेका छन् । कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...