जिल्ला प्रहरी कार्यालय डोटीमा नवनिर्मित भवनहरुको उद्घाटन

डोटी पुस, १०
जिल्ला प्रहरी कार्यालय डोटी परिसर भित्र निर्माण सम्पन्न भएका भवनहरुको नेपाल प्रहरीका महानिरिक्षक वसन्त बहादुर कुँवरद्धारा एक समारोहका बिच उद्घाटन गरिएको छ । स्थानीय स्तरमा भौतिक पुर्वाधरहरुमा आत्मनिर्भर हुँदै जनस्तरमा समर्पित एवं गुणस्तरीय सेवा दिने उद्देश्यले नेपाल सरकारको नियमित बजेट अन्तरगत भवनहरु निर्माण गरिएका हुन । जिल्ला प्रहरी कार्यालय डोटीको हाता भित्र कार्यालय भवन, कार्यालय प्रमुख निवास, बरिष्ट अधिकृत निवास, मेस भवन, हिरासत कक्ष, ब्यारेक भवन, भान्साघर लगायतका भवनहरुको उद्घाटन गरिएको छ ।
भवन उद्घाटन गर्न डोटी पुगेका महानिरिक्षक कुवँरले नवनिर्मित भवनबाट प्रहरीले प्रवाह गर्ने सेवा थप चुस्त र दुरुस्त हुने बताउनुभयो । उद्घाटन कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै महानिरि

क्षक कुवँरले नेपाल प्रहरीले आन्तरिक सुद्धिकरण कार्यलाई अभियानका रुपमा नै अगाढी बढाएको जानकारी दिदै नागरिक मैत्री प्रहरी हुनु पर्दछ भन्ने मान्यता मा लागि परेको बताउनु भयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक भरत बहादुर बोहराले विगतमा डोटी प्रहरीले जिर्ण र असुरक्षित भवनबाट सेवा प्रवाह गर्दै आएकोमा नवनिर्मित भवनहरुबाट सेवा प्रवाह

गर्ने क्रममा प्रहरी कर्मचारीहरुको मनोवल समेत उच्च हुने विश्वास ब्यक्त गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भवनहरु निर्माण सम्पन्न गर्नमा १० करोड ८ लाख ६३ हजार ४६४ रुपियाँ खर्च भएको हो । सम्पुर्ण भवनहरुको निर्माण कार्य तोकिएको समयमा नै सम्पन्न भएको बताइएको छ । भवन उद्घाटनका क्रममा भवन निर्माण कार्य सम्पपन गर्नमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ ।

Loading...