बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

डोटी जिल्लामा एचआईभी संक्रमणको उपचारका क्षेत्रका कार्यरत संस्था एएचएफ नेपालको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  डोटी जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिं खड्का रहनु भएको थियो । एएचएफ नेपालका सुदूरपश्चिम प्रदेश संयोजक माधव राज पन्तले एक बर्षको अवधीमा डोटी जिल्लामा संस्थाले गरेको कार्यको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । समिक्षा कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको एआरटी सेन्टर मार्फत जिल्ला एचआइभी संक्रमितहरुको उपचार लगायतका बिषयमा कार्य गर्दै आएको छ । हाल डोटी जिल्लामा ४ सय ९२ जना एच.आई.भी. संक्रमितहरुले नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेका छन् । एचएचएफ नेपाल मार्फत संक्रमितहरुको उपचारमा सहयोगका साथै यातायात खर्च, पोषण सहयोग, बालबालिकाहरुलाई शिक्षा र आय आर्जनमा समेत सहयोग गर्दै आएको बताइएको छ ।

Loading...