जोरायल ।
डोटीको जेरायल गाउँपालिका –२ बुडरमा सरोकारवालाहरु सँगको छलफल कार्यक्रममा धार्मिक अगुवा (धामी झाक्री) हरुले बालबिवाह र लैंगिक हिंसा बिरुद्ध कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । सामुदायिक विकास मञ्च ( सिडिएफ) नेपाल डोटीको आयोजनामा भएको छलफल कार्यक्रममा उपस्थित धार्मिक अगुवाहरुले समाजमा धर्मका नाममा हुने लैंगिक हिंसा र बालविवाल लगायतका बिषयमा सबै क्षेत्रलाई सहयोग गर्ने बताएका हुन ।
सामुदायिक विकास मञ्च ( सिडिएफ) डोटीका कार्यक्रम संयोजक गिरिराज पाठकका अनुसार समाजमा धार्मिक क्षेत्रका ब्यक्ति प्रती उच्च सम्मान रहेको र धार्मिक क्षेत्रका ब्यक्तिहरुले विवाह लगायत सामाजिक कार्यहरु राज्यको निति नियम अन्तरग रहेर गर्नु पर्छ भन्ने बिषयको जानकारी दिएमा समाजमा कायमै रहेका परम्परागत हानिकार अभ्यासहरुको न्यूनीकरणमा सहजता हुने बताउनुभयो ।
स्थानीय जनप्रतिनिधी, संचारकर्मी, लगायतको कार्यक्रममा सहभागीता रहेको थियो । सामुदायिक विकास मञ्चले बालअधिकार प्रवद्र्धन, लैंगिक हिंसा न्यूनीकरणका बिषयमा जोरायल गाउँपालिका जनचेतना मुलक कार्यहरु गरिरहेको छ ।