पढाइ मेलाको आयोजना

भिडियो सहित

डोटी । बालबालिकाको समग्र सिकाईलाई उपलब्धी मुलक बनाउने, आन्तरिक प्रतिभा पहिचान, प्रस्फोटनको लागि पारिवारिक वातावरणको निर्माण र राम्रा अभ्यासहरुको अनुसरणका गनेृ उद्देश्यले डोटीको दिपायल सिलगढी नगरपालिका –८ लडागडा स्थित सरस्वती आधारभुत बिद्यालयमा पढाई मेला आयोजना गरिएको छ ।
वडा नंं ८ का वडा अध्यक्ष दशरथ बलायरको प्रमुख आथित्यतामा भएको पढाई मेला कार्यक्रममा स्थानीय जनप्रतिनिधी, बालबालिका, शिक्षक, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति, बिभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । लगायतको सहभागिता रहेको थियो ।
एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सामुदायिक विकास केन्द्र डोटीको सहजिकरणमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बालबालिका द्धारा बिभिन्न प्रतिभा प्रस्तुत गरिएको थियो । अभिभावकहरु द्धारा स्थानीय डेउडा र बिभिन्न खेलमा सहभागिता जनाईएको थियो । सामुदायिक विकास केन्द्रका शिक्षा विकास अधिकृत एकराज वडुका अनुसार कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो । मेला मंसिर १८ गते आयोजना गरिएको हो ।

Loading...