उपभोक्ता समिती ब्यबस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न

डोल्पा ।
। मुड्केचुला गाउँपालिका र सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजना उपभोक्ता समितिका सदस्यहरुलाई उक्त तालिम दिईको हो ।
आर्थिक बर्ष २०८०/०८१ मा निर्माण गरिने दुई वटा खानेपानि योजना, चारवटा बिद्यालय शौचालय निर्माण उपभोक्ता समितिबाट तिन महिला र ११ पुरुष गरी १४ जना तथा वडा नं. २, ४, ५,६, र ७ का वडा अध्यक्ष सहित १९ जनाको सहभागिता रहेको थियो ।
तालिममा सामाग्री खरिद प्रक्रिया, निति नियम, उपभोक्ता समिति ब्यवस्थापन लगायतका बिषयमा ईन्जिनियर देवराज रावत, लेखापाल बिनोद शाही र वास संयोजक सुनिल बिश्वकर्माले सहजिकरण गर्नु भएको थियो ।
तालिमको उद्घाटन मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले गर्नु भएको थियो । समापन गाउँपालिका उपाध्यक्ष दुदा रोकायाले गर्नु भएको थियो ।

Loading...