चरेस उद्योगमा प्रहरीको छापा

ठुलो परिमाणमा कच्चा पदार्थ सहित तिनजना पक्राउ

बझाङ ।

बझाङको खप्तडछान्ना गाउँपालिकामा चरेस बनाउने उद्योगमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहलका अनुसार खप्तडछान्ना गाउँपालिका ७ गोर्खालीबाट चरेश बनाउन प्रयोग हुने कच्चा पदार्थ गाँजा र भाडाकुँडा सहित तिन जनालाई पक्राउ गरिएको छ ।
्गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषध चरेस बनाएर बाहिर पठाउने गरेको सूचनाको आधारमा खानतलासी गर्दा तयारी चरेस १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा ६४ वर्र्षीय घरबेटी खड्कासहित चरेस बनाउने काममा संलग्न गोरखा अजिरकोट गाउँपालिका २ खरिबोटका ३८ वर्र्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका ३ का ५५ वर्षीय राम गुरुङलाई पक्राउ गरेको छ ।
चरेस बनाउने प्रयोग हुने प्लाष्टिकका बाटा ५ वटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुनटेप, रबरका पोका, चरेस छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Loading...