मुड्केचुलाको इल गाउँमा घर-घरमा खानेपानीको धारा

डोल्पा ।

डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका –४ मा पर्ने इल गाउँमा घर घरमा शुद्ध खानेपानीको धारा निर्माण गरिएका छन् । नेपाल सरकार, मुड्केचुला गाउँपालिका, फिन्ल्याण्ड सरकार, युरोपेली युनियन अन्तरगत सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को सहयोगमा इल गाउँमा एक घर एक धारा निर्माण गरिएका हुन् ।

दिगो खानेपानी, सरसफाई तथा

स्वच्छता परियोजना (सुस्वा ) डोल्पाका वास एडभाइजर भिमराज वास्तोलाका अनुसार १ करोड २६ लाखको रुपियाँ बराबरको लागतमा इल गाउँमा १ सय ५० धारा निर्माण गरिएका छन् । वास एडभाइज वास्तोलाले भन्नुभयो, – ‘ धारामा पानि आउन शुरु भइसकेको छ । हाललाई घर घरमा धारा निर्माण गर्ने कार्य सम्पन्न भई रंग रोगन र फिनिसिङको काम भइरहेको छ । अव यस पछि घर घरमा शौचालय निर्माण देखि बृहत रुपमा सरसफाई तथा स्वच्छता अभियान चलाइने छ ।’
घर नजिकै आँगनमा धारा निर्माण सम्पन्न भई शुद्ध पानी आउन थालेपछि स्थानीय बासिन्दालाई खाना पकाउन, लुगा धुन र पिउन लगायतका दैनिक कार्यमा खोलाको फोहोर पानिको प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले आयोजना सँगको सहकार्यले ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई खानेपानी, सरसफाइ र स्वच्छताका विषयमा सहजहुँदै गएको बताउनुभयो ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना फिन्ल्याण्ड सरकार र नेपाल सरकारको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको दीर्घकालीन सहकार्य रहेको मानव अधिकारवादी द्विपक्षीय आयोजना हो । यो आयोजना डोल्पा जिल्लाको तिन वटा स्थानीय तहहरु त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

Loading...