जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

कैलालीको धनगढीबाट बाजुरा तर्फ जादै गरेको जिप डोटीमा दुर्घटनाहुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के.आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका– ६ अण्यौल स्थीत सेती नदि जिप खस्दा मृत्यु हुनेहरुमा बाजुरा जिल््लाको हिमाली गाउँपालिका –५ बस्ने बर्ष २२ का राधिका मलाल, सोहि ठाउँका बर्ष ३२ का धनशोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र बर्ष ६ का कबिन्द्र बुढा रहेका छन् ।
आईतवार बिहान २ बजेर २८ मिनेट तिर ग २ च २७७६ नम्बरको बोलेरो जीप सडकबाट करिव ५० मिटर भन्दा तल सेती नदीमा खसेको छ ।
दुर्घटनामा परि घाईते भएका हरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको बताइएको छ । बोलेरो चालक बाजुरा जिल्ला गौमुल गाउँपालिका–४ काँडाकोट बस्ने बर्ष २१ को महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीद्धारा आवश्यक अनुसन्धान भइरहेको छ ।

Loading...