डोटी। दिपायल सिलगढी नगरपालिका–७ स्थित अरुणोदय आधारभुत बिद्यालय उडितोलामा शैक्षिक प्रदर्शनी तथा पढाई मेला कार्यक्रम सम्पन्न भएको छ । एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सामुदायिक विकास केन्द्र डोटीको सहजिकरण र अरुणोदय आधारभुत बिद्यालयको आयोजनामा शैक्षिक प्रदर्शनी तथा पढाई मेला कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक विकास केन्द्र डोटीका शिक्षा विकास अधिकृत एकराज वडुका अनुसार बालबालिकाहरुलाई पठन सिप र बानीको विकास, स्वअध्ययन क्रियाकलाप तथा सामान्य प्रतियोगितामा सहभागी हुन अभिप्रेरित, स्थानीय स्रोत र सामग्रीहरु प्रयोग गर्दे शैक्षिक सामग्रीहरु तयार गरी
बालबालिकाको समग्र सिकाइ, आन्तरिक प्रतिभा पहिचान र प्रस्फोटनको लागि पारिवारिक वातावारण निर्माण र राम्रा अभ्यासहरुको अनुसरण गर्न/ गराउन सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा १ सय ४२ जनाको सहगभागिता रहेको थियो ।
असोज २६ गते आयोजना गरिएको शैक्षिक प्रदर्शनी तथा पढाई मेला कार्यक्रममा अभिभावक, शिक्षक, बिद्यार्थी, जनप्रतिनिधि, लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।