डोटी १८ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले सदस्यता नवीकरण तथा वितरण सप्ताह मनाउने भएको छ । माओवादी केन्द्रले थालेका तिन महिने विशेष रूपान्तरण अभियान अन्तरगत डोटीमा असोज २० देखी २७ गतेसम्म डोटी जिल्लाका ६५ वडामा एक हप्तासम्म पुराना सदस्य नवीकरण अद्यावधिक तथा नयाँ सदस्यता वितरण सप्ताह मनाउने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीका इन्चार्ज लक्षीराम आचार्यले जानकारी दिए । आचार्यले भने ‘हामीले पहिलो चरणमा जनता पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम गर्यौ अब एक हप्ता सदस्यता नवीकरण सप्ताह अभियानकै रूपमा अघि लैजाने निर्णय गरेका छौँ ।’
पहिलो चरणमा सदस्यता नवीकरण, त्यसपछि गाउँ, टोलस्तरिय कमिटी गठन प्रशिक्षण जस्ता कार्यक्रमहरू रहेको माओवादी केन्द्र डोटीले जानकारी दिएको छ ।ने पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीको पार्टी कार्यालयमा तिन महिने अभियान अन्तरगत यस बिचमा भएका कार्यक्रमको समीक्षा गर्दै उक्त निर्णय गरेको हो । जनताका बिचमा पार्टी फर्किएपछि नागरिकहरूमा उत्साह सृजना गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य कमान्ड नं. १ का इन्चार्ज लक्ष्मणदत्त जोशीले बताए । जोशीले भने ‘हामी जनताका बिचमा यसरी नगएको धेरै भयो, यस पटक जाँदा कार्यकर्ता भन्दा हाम्रा समर्थक र नागरिकको बिचमा उत्साह आएको छ ।’ सिलगढीमा पार्टी कार्यालयमा बसेको बैठकले केही प्रदेश कमिटी सदस्यको कार्यक्षेत्र समेत परिबर्तन गरिएको छ ।
- Facebook Comments
- Comments

