शिव शिखर सहकारी सिलबन्दी

यस्तो छ : सहकारी ब्यवस्थापन समितिले जारी गरेको सूचना

डोटी, असोज १५ । दिपायलमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सिलबन्दी गरिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालयका अनुसार सहकारी ब्यवस्थापन समितिको कार्यालयबाट प्राप्त पत्रअनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा भएको कारण सिलबन्दी गरिएको छ ।
सहकारी ब्यवस्थापन समितिको कार्यालय काठमाण्डौबाट जारी भएको सूचना अनुसार सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको २०८० भदौ २५ गतेको बैठकले समस्या ग्रस्त घोषणा गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले शिव शिखर बहुउघेश्यीय सहकारी संस्थाबाट कोही ठगिएको भए जाहेरी दिन गत जेठ ६ गते सार्वजनिक सूचना नै जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालयले जाहेरी दिन सूचना जारी सँगै बचतकर्ताहरुले शिव शिखर बहुउघेश्यीय सहकारी संस्थाबाट १ लाख देखि १२ लाख सम्म ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

Loading...