डोटीमा बार्षिक २७ हजार मेट्रिक टन बढी तरकारी उत्पादन
डिलबहादुर सिंह । डोटीमा िजल्लामा बार्षिक रुपमा २६ हजार ७ सय मेट्रिक टन भन्दा बढी तरकारी उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा डोटी २ हजार ३५९ क्षेत्रफल जमिनमा तरकारी खेती गरिएकोमा २७ हजार ५२३ मेट्रिक टन तरकारी उत्पादन भएको छ । पछिल्ला बर्ष हरुमा तरकारी उत्पादनमा पनि बृद्धी हुँदै गएको छ । कृषि ज्ञान केन्द्र डोटीबाट उपलब्ध तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ हजार २५७ हेक्टर जमिनमा तरकारी खेती गरिएकोमा २६ हजार ७६६ मेट्रिक टन तरकारी उत्पादन भएको छ ।
आर्थिक बर्ष २०७९/०८० मा २ हजार ३३३ हेक्टर जमिनमा तरकारी खेती गरिएकोमा ७२ हजार ९६ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । त्यसै गरी गत आर्थिक बर्ष २०८०/०८१ मा डोटी २ हजार ३५९ क्षेत्रफल जमिनमा तरकारी खेती गरिएकोमा २७ हजार ५२३ मेट्रिक टन तरकारी उत्पादन भएको छ । सरकारी तथा गैरसकारी क्षेत्रबाट पनि तरकारी खेतीमा लगानी हुन थालेको छ । कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले भन्नुभयो, – ‘चालु आर्थिक बर्षमा फलफुल र तरकारी र फलफुल उत्पादन अझै बढ्न सक्छ । कृषि ज्ञान केन्द्रले पनि पकेट क्षेत्र बिस्तार गरेर ब्यवसायीक रुपमा तरकारी खेती गर्ने किसानहरुलाई सहयोग गरिरहेको छ ।’
तरकारी उत्पादन बृद्धी लगायत ब्यवसायीक रुपमा तरकारी खेती गरिरहेका किसानका सहजताका लागी कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा तरकारी बाली विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । तरकारी बाली बिशेष कार्यक्रम जिल्लाका जिल्लाको आदर्श गाउँपालिका, के.आई. सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा सञ्चालन भइरहेको छ । तरकारी बाली बिशेष कार्यक्रम अन्तर्गत तरकारी खेती प्रवद्र्धनको लागि ४ वटै स्थानीय तहका किसानलाई अनुदान स्वरूप २ सय १९ पोलिहाउस, ६ वटा सिँचाइ पोखरी, ३ वटा मिनिटिलर, २ वटा कुलो निर्माण, २ हजार ८ सय मिटर पाइप वितरण, एउटा मोटर, ७ सय १२ जना किसानलाई बिउ भिजन वितरण गरिएको बताईको छ ।
त्यस्तै डोटी जिल्लामा घरवारी पोषण बगैंचा कार्यक्रम पनि सञ्चालन भइरहेको छ । घरवारी पोषण बगैंचा कार्यक्रम अन्तर्गत ६ सय ७२ घरदुरी किसानलाई बिउ भिजन वितरण गरिएको कृषि ज्ञान केन्द्र डोटीले जानकारी दिएको छ ।ग्रामीण क्षेत्रमा उत्पादित तरकारीको बजारिकणका हुन नसक्दा किसानले उत्पादित तरकारीको उचित मुल्य पाउन नसक्ने समस्या रहेको छ । भौगोलिक बिकटताका कारण पनि उत्पादित कृषि उपजको बिक्रि बितरणमा पनि समस्या हुने गरेको छ । जिल्लाका बिभिन्न स्थानमा किसानले लगाएको बालीमा जंगली जनावरबाट हामनी पुग्ने गरेको छ । उपपुक्त सिचाईको सुविधाको ब्यवस्था लगायत जंगली जनावरबाट हुने हानी रोक्न सके तरकारी खेतीबाट अझै आम्दानी गर्न सकिने किसानहरु भनाई रहेको छ । ब्यवसायीक रुपमा तरकारी खेती गरिरहनु भएको डोटीको आदर्श गाउँपालिका १ चाँसीका किसान मुकुन्द अवस्थीले बताउनु भन्नुभयो,– ‘बेला बेलामा सिचाँईमा समस्या हुने गरेको छ । कृषि ज्ञान केन्द्रले पोखरी निर्माणमा सहयोग गरेका कारण थोरै भए पनि राहत भएको छ । हिउँद तिर जंगली जनावरले पनि दुखः दिने गर्छन । यि समस्या समाधान भए अझै बढी तरकारी उत्पादन गरेर आम्दानी गर्न सकिन्छ ।’