भल्वन्साहरुलाई कानुनी सचेतना तालिम

कैलालीको घोडाघोडा नगरपालिकामा भल्वन्साहरुका लागि दुई दिने कानुन सचेतना तालिम आयोजना गरिएको छ । थारु समुदायका अगुवाका रुपमा रहेका भल्वन्साहरुले समुदाय स्तरमा परम्परा देखि नै मेलपिलाल लगायतका सामाजिक काममा समुदाय  स्तरमा अगुवाइ गर्दै अाएका  छन् ।
तालिममा लैंगिक हिंसा, बालबिवाह, जग्गा जमिन सम्बन्धी कानुनी ब्यवस्था, बालअधिकार, बाल संरक्षण, अंश बन्डा सम्बन्धी कानुनी प्रक्रियाको बारेमा छलफल गरिएको तालिममा सहजिकरण गरिरहनु भएको रामहरी ओझाले बताउनुभयो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा महिला हिंसा बिरुद्ध अन्तरधार्मिक राष्ट्रिय संजाल ( निरन ) नेपालले तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा नगर प्रमुख रावतले सामाजिक क्षेत्रका धेरै कार्यहरु भल्वन्साले गरिरहेको र कानुनको बिषयमा सबै भल्वन्साहरुले थाहा पाउनु पर्ने कुरा बताउनुभयो । प्रमुख रावतले भन्नुभयो,– ‘भल्वन्साहरुलाई कानुनी दायरामा ल्याउनको लागी प्रदेश सरकारले नै कानुन ल्याउने तयारी गरिरहेको छ । प्रदेश सरकारले कानुन निर्माण नगरे नगरपालिकाले कानुन निर्माण गरेर भल्वन्सा लाई कानुनी दायरामा ल्याउने काम गर्ने छ ।’
कतिपय बिषयमा कानुनी प्रक्रियाको बारेमा थाहा नपाउँदा अनाआवश्यक कानुनी झमेलामा पर्नु परेको दुखेसो पोख्दै घोडाघोडी नगरपालिका स्तरिय भल्वन्सा समितीका अध्यक्ष बुधराम चौधरीले कानुनी सचेतना तालिमले भल्वन्साहरुलाई कानुनको अधिनमा रहेर समुदाय स्तरमा काम गर्न सहज हुने बताउनु भयो । तालिममा २७ जनाको सहभागीता रहेको छ ।

Loading...