पञ्चदेवल विनायक ।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा धार्मिक अगुवाहरुलाई बालविवाह, लैंगिक हिंसा बिरुद्धका बिषयमा भए गरेका कानुनी प्रावधानहरुको बारेमा धार्मिक अगुवाहरुलाई दुई दिने तालिम सुरु भएको छ । तालिममा समाजमा कायमै रहेका परम्परागत हानिकारक अभ्यासहरुले समाजमा परेको प्रभावहरु र न्यूनीकरणमा धार्मिक अगुवाहरुको भूमिकाको बिषयमा पनि छलफल भएको छ ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालन भइरहेको मोरल भ्यालु परियोजना अन्तरगत महिला हिंसा बिरुद्ध अन्तरधार्मिक सञ्जाल (निरन) नेपालले तालिमको आयोजना गरेको हो ।
तालिममा बालबालिहरुको पनि सहभागीता रहेको छ । तालिममा १७ जना धार्मिक अगुवाहरुको सहभागीता रहेको निरन नेपालले जनाएको छ ।
महिला हिंसा बिरुद्ध अन्तरधार्मिक सञ्जाल (निरन) नेपालले सुदूरपश्चिम प्रदेशका, कैलालीको घोडाघोडी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको मेल्लेख गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।


