बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिनुभएको हो । प्रदेश सभा सदस्य नागरिक उन्मुक्ति पार्टीका टीका थापा, कैलाश चौधरी र स्वतन्त्र डा. तारा जोशी काठमाडौँमै रहेकाले विश्वासको मत पाउन कठिन देखिएपछि उहाँले राजीनाको तयारी गर्नुभएको थियो ।
सरकार कायम रहनलाई ५२ सदस्यीय प्रदेश सभाका २७ जना सांसदको समर्थन आवश्यक थियो । तीन जना अनुपस्थित भएपछि मुख्यमन्त्री शाहका पक्षमा २४ मत मात्र पर्ने देखिएको थियो ।