एकता बहुउद्देश्यीय सहकारी संस्थाकाे चारकाेठे भवन उद्घाटन

चाैथाे साधारणसभा सम्पन्न

डाेटी । बाेगटान फुड्सिल गाउँ पालिका -५ धिर्कामाण्डाैमा रहेकाे एकता बहुउद्देश्यीय सहकारी संस्थाकाे चारकाेठे भवन तथा चाैथाे बार्षिक साधारण सभाकाे सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिं वलिले उद्घाटन गर्नु भएकाे छ । एकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टेकबहादुर बाेहराकाे अध्यक्षतामा भएकाे उद्घाटनमा कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिं वली रहनु भएकाे थियाे । कार्यक्रममा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने लगायतका क्षेत्रमा याेगदान गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएकाे थियाे ।संस्थाका लेखा संयाेजक देवबहादुर बाेहराले सहकारी संस्थाका बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

Loading...