कोलम्बो । घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताएका छन् । विगतमा सबैभन्दा बढी नोक्सानमा रहेका सिलोन पेट्रोलियम कर्पोरेसन र सिलोन इलेक्ट्रिसिटी बोर्डले अब लागत–प्रतिबिम्बित मूल्य निर्धारण संयन्त्र र वर्तमान आर्थिक सुधारका कारण लाभदायक अवस्थामा रहेका छन् ।

