दाङमा बस दुर्घटना हुंदा १२ जनाकाे ज्यान गयाे

बाँके ।

नेपालगञ्जबाट काठमाण्डौ जाँदै गरेकाे रात्रि बस गएराति दाङको भालुवाङमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।

भे १ ख ३९१२ नम्बरकाे बस राप्ती  पुलबाट खसेकाे ईलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीले जनाएको छ । बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुको पहिचान हुन सकेकाे छैन ।  शवलाई लमहीको अस्पतालमा पठाइएको छ । २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको पनि प्रहरीले जनाएको छ ।

Loading...