महिनाबारी स्वच्छता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

डोल्पा । महिनाबारी स्वच्छता दिवसको अवसरमा मुड्चुकेला गाउँपालिकाको श्री कालिका माध्यामीक बिद्यालय र मालिका माध्यामिक बिद्यालयका बिचमा ‘महिनाबारी स्वास्थ्यका लागि सरसफाइ तथा स्वच्छताको महत्व’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता  आयोजना गरिएको छ । मुड्केचुला गाउँपालिमा सञ्चालित सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाको सहयोगमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा कक्षा ८ देखि १०  सम्मका कालिका माध्यामिक विद्यालयका ६ जना र मालिका ध्यामिक विद्यालयका ५ जना छात्रा गरि ११ जना छात्राहरुको सहभागिता रहेको थियो ।
वकृत्वकला प्रतियोगितामा प्रथम स्मारिका शाही द्धितीय रेजिना शाही तृतीय धनमाया मल्ल भएकी छिन् ।

प्रतियोगितामा प्रथमलाई २ हजार कपि , कलम र जेमेत्री बक्स, दोस्रो १ हजार ५ सय रुपियाँ नगद कपि, कलम र जेमेत्री बक्स र तेस्रो हुनेलाई नगद रु १ हजार र जेमेत्री बक्स पुरस्कार प्रदान गरिएको छ ।

Loading...